मधेश प्रदेशलाई हराउँदै सुदुरपश्चिमले जित्यो राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि

मधेश प्रदेशलाई हराउँदै सुदुरपश्चिमले जित्यो राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि

जनकपुर : मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगित २०८१/०८२ को उपाधि सुदुरपश्चिम प्रदेश टिमले हात पारेको छ।

जनकपुरधाममा तीन दिनदेखि जारी खेलको फाइनल खेलमा आज मधेश प्रदेश टिम र सुदुरपश्चिम प्रदेशबीच भिडन्त भएको थियो।

सो क्रममा सुदुरपश्चिम प्रदेशका टिमले ३७ अंक प्राप्त गर्दै मधेश प्रदेशका टिमलाई १ अंकको अन्तरले पराजित गरेको छ। मधेशको टिमले ३६ अंक प्राप्त गरेको थियो।

आजको अन्तिम खेलको सुरुवात देखि नै राम्रो खेल्दै आएको मधेशको टिमले खेलको अन्तिम मिनेटमा कमजोर प्रदर्शन गरेसंगै सुदुरपश्चिमले मौकाको फाइदा उठाउँदै मधेशको टिमलाई पछाडि पार्न सफल भएको थियो।

विजेता सुदुरपश्चिमको खेलाडिहरुलाई मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव रंजित कुमार यादवले ट्रफि हस्तान्तरण गर्नुका साथै खेलाडीहरुलाई मेडल प्रदान गरेका थिए।

सचिव यादवले पहिलो पटक भएको यस मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी भएका सम्पूर्ण खेलाडिहरुको प्रसंशा गर्नुका साथै आगामी दिनमा अझ राम्ररी खेल्न हौसला बढाएका थिए। 

असार १४, २०८२ शनिबार १६:५८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।