माओवादी संकटग्रस्त मोडमा रहेको प्रति प्रचण्डको चिन्ता

माओवादी संकटग्रस्त मोडमा रहेको प्रति प्रचण्डको चिन्ता

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र वैचारिक, राजनीतिक, व्यवहारिक र सांस्कृतिक तहमा विचलन देखिन थालेको स्वीकार गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टीका वरिष्ठ नेता कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै उनले पार्टी अहिले संकटग्रस्त मोडमा रहेको स्वीकार गरे।

“आजभोलि पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन्,” प्रचण्डले भने, “यी सबैसँग जुध्दै समाजवादको यात्रामा अगाडि बढ्न हामी सबै थप प्रतिवद्ध हुनुपर्छ।”

उनले पार्टीमा देखिएको शिथिलता र मूल्य–मान्यताको खण्डन प्रति अप्रत्यक्ष रूपमा आलोचना गरे। अध्यक्ष प्रचण्डले यस्तो बेलामा सबै कार्यकर्ताले समाजवादप्रतिको अडानलाई पुनः दृढताका साथ उठाउनुपर्नेमा जोड दिए।

उनले कृष्णलाल श्रेष्ठजस्ता नेताहरूको निधनले माओवादी आन्दोलनले एक अनुभवी अभिभावक गुमाएको मात्र होइन, राजनीतिक नैतिकताको पनि ठूलो आधार हराएको छ। “पार्टीलाई फेरि समाजवादको दिशातर्फ अग्रसर गराउन सबैले दृढ संकल्प गर्नु आवश्यक छ,” उनले भने।

असार १४, २०८२ शनिबार १५:३४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।