‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठी सुरू, ओली प्रमुख अतिथि भण्डारी विशेष अतिथि

काठमाडौं : जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठी सुरु भएको छ।
कार्यक्रममा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विशेष अतिथिका रुपमा सहभागी भएका छन्। भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा चलिरहेका बेला सार्वजनिक कार्यक्रममा ओली र भण्डारी एकसाथ देखिनुलाई विशेष रुपमा हेरिएको छ। भण्डारीका तर्फबाट राजनीतिक सक्रियताबारे केहि घोषणा हुनसक्ने आकलन गरिएको छ।
एमालेका तत्कालीन महासचिव जननेता भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुङ्गा सवारी दुर्घटनामा निधन भएको थियो।
असार १४, २०८२ शनिबार १५:११:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।