रास्वपा र राप्रपा सांसदहरूद्वारा प्रतिनिधि सभा बैठक अवरोध

रास्वपा र राप्रपा सांसदहरूद्वारा प्रतिनिधि सभा बैठक अवरोध

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन्।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै दुवै दलले बैठक अवरोध गरेका हुन्।

आज सदनमा प्रधानमन्त्ती केपी ओलीले बोल्ने तयारी छ। तर, उनीहरूले आफूहरु आन्दोलन नछाड्ने अडान बैठकमा सुनाएका छन्।

रास्वपाका सांसदहरू अहिले वेल घेराउ गरिरहेका छन् भने राप्रपा सांसदहरु बैठकबाट बाहिरिएका छन्।

असार १४, २०८२ शनिबार १२:१४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।