टेस्ट सिरिजमा श्रीलंका १-० ले विजयी, दोस्रो खेलमा बंगलादेश एक इनिङ र ७८ रनले पराजित

टेस्ट सिरिजमा श्रीलंका १-० ले विजयी, दोस्रो खेलमा बंगलादेश एक इनिङ र ७८ रनले पराजित

एजेन्सी : बंगलादेश विरुद्धको दुई टेस्ट खेलको शृंखलामा श्रीलंकाले १-० ले विजयी भएको छ।

कोलम्बोमा खेलिएको दोस्रो टेस्टमा श्रीलंकाले बंगलादेशलाई एक इनिङ र ७८ रनले पराजित गरेको हो।

बंगलादेशले पहिलो इनिङमा २४७ रन बनाएकोमा श्रीलंकाले ४५८ रन बनाएको थियो। यसकारण पहिलो इनिङमै श्रीलंकाले २११ रनको अग्रता लिएको थियो।

बंगलादेश दोस्रो इनिङ १३३ रनमा समेटिएपछि श्रीलंकासँग पराजित हुन पुग्यो।

यसअघि श्रीलंका र बंगलादेशबीच गालेमा खेलिएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो।

श्रीलंका र बंगलादेश बीच खेलिएको यो टेस्ट शृङ्खला आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२५-२७ को हिस्सा हो। यो जितसँगै श्रीलंका अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ।

आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अंक तालिकामा अष्ट्रेलिया पहिलो स्थानमा छ भने इङ्ग्ल्याण्ड दोस्रो स्थानमा छ।

असार १४, २०८२ शनिबार ११:५६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।