असार १६ गतेसम्म विराटनगरमा ‘किया फ्ल्यास एक्सचेन्ज क्याम्प’ हुने

असार १६ गतेसम्म विराटनगरमा ‘किया फ्ल्यास एक्सचेन्ज क्याम्प’ हुने

विराटनगर : नेपालका लागि विश्वविख्यात दक्षिण कोरियाली अटोमोबाइल कम्पनी कियाको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले विराटनगरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले नयाँ ‘किया सीआई २.०’ मापदण्ड अनुसार सोरुमलाई अद्यावधिक गरी सञ्चालनमा ल्याएको हो।

सोरुम शुभारम्भ कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका प्रमुख सदस्यहरू, जसमा अटो डिभिजनका असिस्टेन्ट जेनेरल म्यानेजर मन्जीत कुमार पोखरेल, काठमाडौं सोरुम गैरीधाराका सेल्स म्यानेजर विनय श्रेष्ठ, मार्केटिङ अफिसर निरात न्यौपाने र विराटनगर सोरुमका सोरुम इन्चार्ज कुशल लामिछाने लगायतको उपस्थिति रहेको थियो।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अटो डिभिजनका असिस्टेन्ट जेनेरल म्यानेजर मन्जीत कुमार पोख्रेलले नेपालको पूर्वी क्षेत्रमा कियाको उपस्थिति र पकड विस्तार बढाउन विराटनगरमा सोरुम पूर्ण-सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजको सञ्चालन अन्तर्गत रहेको यो नयाँ सोरुममा कियाका नेपालमा उपलब्ध इन्धन र विद्युतीय दुवै प्रकारका सबै भेरियन्टका सवारीसाधन उपलब्ध हुनेछन्।

सोरुम सञ्चालनको उपलक्ष्यमा कम्पनीले तीन दिने ‘किया फ्ल्यास एक्सचेन्ज क्याम्प’ पनि आयोजना गर्ने भएको छ। असार १४ देखि १६ गतेसम्म (जुन २८ देखि ३० सम्म) चल्ने यस क्याम्पमा जुनसुकै पुराना गाडीसँग कियाका नयाँ गाडी साट्न सकिनेछ। एक्सचेन्जका लागि ल्याइने पुराना गाडीलाई आकर्षक मूल्य दिइने कम्पनीले जनाएको छ। यो अफर क्याम्प अवधिमा बुकिङ गरिने सवारी साधनमा लागू हुनेछ।

क्याम्पमा कियाका गाडीहरुको टेस्ट ड्राइभको पनि व्यवस्था गरिएको छ। सो अवसरमा कियाका नयाँ फेसलिफ्ट सेल्टोस, सोनेट र कारेन्सको २०२५ मोडलको टेस्ट ड्राइभ गर्न सकिनेछ।

त्यसैगरी, गाडी खरिदकर्ताका लागि सहज तरिकाले बैंक तथा वित्तीय संस्थाबाट फाइनान्सको व्यवस्था मिलाइएको छ। कम्पनीले क्याम्पमा बिक्री हुने गाडीमा रोड ट्याक्स र एक वर्षको सम्पूर्ण बिमा आफैंले बेहोर्ने व्यवस्था गरेको छ।

विश्वभर ख्याति कमाएको किया ब्रान्डका सवारीसाधनहरु नेपालमा ३० वर्षदेखि उपलब्ध छन्। कियाका इन्धन र विद्युतीय दुवै प्रकारका सवारी साधनले विश्वबजारमा लोकप्रियता हासिल गरेका छन्।

असार १४, २०८२ शनिबार ०९:५७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।