यामाहा नेपालद्वारा काठमाडौं, गोंगबुमा नयाँ थ्रीएस शोरुम सञ्चालन

काठमाडौं : यामाहा नेपालले काठमाडौंको गोंगबुमा नयाँ थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) फ्यासिलिटी सहितको 'मोटो क्राफ्ट्स प्रा. लि.' शोरुम उद्घाटन गरेको छ।
प्रमुख अतिथि, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी एवं विशेष अतिथिहरू एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका समूह निर्देशक गोपाल कुमार अग्रवाल र एमएडब्ल्यू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले शोरुमको औपचारिक शुभारम्भ गरे। कार्यक्रममा टोखा वडा नम्बर ९ का वडा अध्यक्ष रामभक्त घिमिरे पनि अतिथिका रूपमा उपस्थित थिए।
मोटो क्राफ्ट्स प्रालिले आधुनिक पूर्वाधार र दक्ष टिमका साथ यामाहाको पूर्ण थ्रीएस अनुभव एकै स्थानमा प्रदान गर्दछ। ग्राहकहरूले यहाँ विस्तृत सेल्स कन्सल्टेसन, भरपर्दो आफ्टर सेल्स सर्भिस र सक्कली स्पेयर पार्ट्स सहजै पाउन सक्नेछन्।
उद्घाटन समारोहमा बोल्दै गोपाल कुमार अग्रवालले गोंगबुमा मोटो क्राफ्ट्सको स्थापनाले नयाँ शोरुम उद्घाटनले प्रत्येक ग्राहकसम्म पुग्ने आफूहरूको प्रतिबद्धतालाई अझ बलियो बनाएको बताए।
त्यस्तै, एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले गोंगबुमा थ्रीएस शोरुम सञ्चालनमा ल्याउनु यामाहाका उत्कृष्ट उत्पादन र सेवाहरूलाई ग्राहकको अझ नजिक पुर्याउने निरन्तर प्रयासको अर्को महत्त्वपूर्ण कदम भएको बताए।
मोटो क्राफ्ट्सका कार्यकारी निर्देशक सुरोज न्हेम्हाफुकीले सेल्सदेखि सर्भिससम्म हरेक चरणमा ग्राहक सन्तुष्टि कायम गरेर प्रत्येक राइडरसँग दीर्घकालीन विश्वास निर्माणमा कम्पनी लागिपरेको बताए।
नयाँ शोरुमको सुरुवातसँगै यामाहा नेपालको डिलर नेटवर्क अझ सुदृढ भएको छ। अब गोंगबु र आसपासका ग्राहकहरूले यामाहाका मोटरसाइकल, स्कुटर, सर्भिस र स्पेयर पार्ट्स सहजै उपलब्ध हुनेछन्।
एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले भरपर्दो प्रविधि, नवीनता र ग्राहक सन्तुष्टिको प्रतिबद्धता मार्फत नेपाली दुईपाङ्ग्रे बजारमा अग्रणी भूमिका खेल्दै आएको छ।
असार १४, २०८२ शनिबार ०८:२८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।