बैतडीमा घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

बैतडी : बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको सिगास गाउँपालिका-२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो।
शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको हो।
घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सयमिटर तल धामीको शव फेला परेको थियो।
धामीका श्रीमान, एक छोरा र एक छोरी छिन्।
असार १४, २०८२ शनिबार ०७:१६:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।