प्रतिनिधिसभाको बैठक बस्दै, आर्थिक विधेयक पारित हुने कार्यसूची

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘आर्थिक विधेयक, २०८२’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची रहेको छ।
यस्तै, ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ समेत पारित गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिए।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउने सम्भावित कार्यक्रम पनि छ।
संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजै स्पेन भ्रमणमा जाँदै छन्।
असार १४, २०८२ शनिबार ०७:११:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।