एसईईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई, ननग्रेडेडलाई हतास नहुन आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ग्रेड प्राप्त गरेका सबै विद्यार्थीलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीको मेहिनत सफल भएको उल्लेख गरेका छन्।
‘यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुभएको छ। अघिल्लो वर्ष यो संख्या ४७.८६ प्रतिशत मात्रै थियो,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘गतवर्षको तुलनामा यसपटकको नतिजा सुधार गर्न हामीले गरेको प्रयास काम लागेको छ।’
प्रधानमन्त्री ओलीले ग्रेड प्राप्त नगरेका विद्यार्थीहरूलाई समेत आशावादी बन्न आग्रह गरेका छन्। ‘एसईई नै अन्तिम परीक्षा होइन, सफलताको अर्को दिन आउँछ,’ भन्दै उनले सबै विद्यार्थीलाई हिम्मत नहार्न प्रेरित गरेका छन्।
प्रधानमन्त्रीको भनाइमा, ‘विद्यार्थी नानीबाबुको मेहनत सफल भएको छ। अब भविष्य निर्माणको अर्को यात्रा सुरु गर्नुस्। सबै भाइबहिनीहरूलाई धेरै धेरै बधाई!’
उनको सन्देशले उत्तीर्ण विद्यार्थीलाई उत्साह दिएकै छ, साथै असफल भएकालाई पनि नयाँ अवसरको ढोका खुलेको सन्देश दिएको छ।
असार १३, २०८२ शुक्रबार २१:३१:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।