एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ।

परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । सार्वजनिक नतिजा अनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् । 

त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।

१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । एक लाख ६७ हजार ५९७ विद्यार्थी नतजिा अवर्गीकृत भएका छन् । 

राष्ट्रिय परीक्षा बोर्डले विभिन्न माध्यमबाट नतिजा हेर्न सकिने व्यवस्था गरेको जनाएको छ। बोर्डका अनुसार, एसईई नतिजा सम्बन्धी जानकारी आधिकारिक वेबसाइटहरू, एसएमएस सेवा र मोबाइल एप्समार्फत प्राप्त गर्न सकिनेछ।

प्रारम्भिक समयमा उपलब्ध हुने विवरणमा ग्रेड पोइन्ट एभरेज (जीपीए) मात्र देखिनेछ भने सम्पूर्ण ग्रेडसिट अपलोड हुन केही समय लाग्ने बताइएको छ। 

रिजल्ट कसरी हेर्ने ?


 

असार १३, २०८२ शुक्रबार १९:४५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।