प्रधानसेनापतिबाट केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं : प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी पदमा पदोन्नति भएका गौरवकुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा असार ९ गते उपरथीमा बढुवा भएका केसीलाई औपचारिक रूपमा चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
करिब एक वर्षसम्म नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका केसी हालै मात्र सरुवा भई पृतनापति कार्यभारमा पुगेका थिए।
पदोन्नतिसँगै अब उनले पूर्वी पृतनापतिको जिम्मेवारी सम्हाल्ने भएका छन्।
असार १३, २०८२ शुक्रबार १८:५४:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।