नेपाली राष्ट्रिय क्रिकेट टोली साउनमा अस्ट्रेलिया जाने, टप इन्ड टी-२० सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोली साउनमा अस्ट्रेलिया जाने, टप इन्ड टी-२० सिरिज खेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आउँदो साउन २९ देखि भदौ ८ गते सम्म अस्ट्रेलिया भ्रमण गर्ने भएको छ।

भ्रमणमा नेपाली टोलीले टप इन्ड टी-२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।

क्यानका अनुसार अस्ट्रेलिया भ्रमणको क्रममा नेपाली टोलीले सन् २०२६ मा हुने टी-२० विश्वकपको एसिया छनोटको तयारीस्वरूप कम्तीमा ६ खेल खेल्नेछ। विश्वकपको एसिया छनोट प्रतियोगिता अक्टोबर १ देखि १७ सम्म ओमानमा आयोजना हुने छ।

सिरिजअन्तर्गत हुने खेलहरू डार्विनस्थित डिएक्ससी एरिना, टिआइओ स्टेडियम र काज्लिस् एरिनामा आयोजना हुने क्यानले जनाएको छ।

सिरिजको खेल तालिका भने अर्को हप्ता सार्वजनिक गरिनेछ। 

असार १३, २०८२ शुक्रबार १७:३४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।