सेरेसको 'मनसुन एक्सचेन्ज क्याम्प' सुरू, पुरानो गाडी साट्ने मौका

सेरेसको 'मनसुन एक्सचेन्ज क्याम्प' सुरू, पुरानो गाडी साट्ने मौका

काठमाडौं : सेरेस नेपालले असार १२ गतेदेखि 'मनसुन एक्सचेन्ज क्याम्प' सुरु गरेको छ। यो क्याम्प असार १८ गतेसम्म नेपालभरका आधिकारिक सेरेस शोरूमहरूमा सञ्चालन हुनेछ। यस क्याम्पअन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू उच्चतम मूल्यमा एक्सचेन्ज गरी सिरिज ३ मा अपग्रेड गर्ने विशेष अवसर पाउनेछन्।

कम्पनीले यस सीमित अवधिको योजनालाई दिगो र भविष्यमैत्री विद्युतीय सवारीतर्फ ग्राहकको आकर्षण बढाउने उद्देश्यका साथ सार्वजनिक गरेको हो। क्याम्पका क्रममा ग्राहकलाई इन्डस्ट्रीकै उत्कृष्ट भ्यालुएसन, आकर्षक एक्सचेन्ज बोनस, अटोप्लस बीमा, प्रीमियम एसेसरिज, तथा विशेष नगद छुट जस्ता सुविधा उपलब्ध गराइनेछ।

सेरेसको सिरिज ३ मोडल नेपालमा आफ्नो दमदार प्रदर्शन, आधुनिक प्रविधि र आकर्षक डिजाइनका कारण परिचित छ। यस मोडलले ४,४६० मिटर उचाइमा रहेको कोरलानाका पार गर्दै कठिन भूभागमा पनि उत्कृष्ट क्षमता प्रदर्शन गरेर कीर्तिमान कायम गरिसकेको छ।

अन्तर्राष्ट्रिय रूपमा सिरिज ३ ले इन्डोनेसियामा आयोजित ‘२०२५ पेरिक्लिन्डो इलेक्ट्रिक भेइकल शो’ मा तीन विधामा 'बेस्ट ईभी' अवार्ड जितेर आफूलाई अग्रणी ईभी ब्रान्डको रूपमा स्थापित गरिसकेको छ।

सेरेस चीनका नाफा कमाइरहेका सफल ईभी निर्माता कम्पनीहरूमध्ये एक हो, र अब उसले नेपालको बढ्दो विद्युतीय सवारी बजारमा अन्तर्राष्ट्रिय भरोसा र दीर्घकालीन विश्वास पनि सँगै ल्याएको छ।

कम्पनीले सम्पूर्ण ग्राहकहरूलाई नजिकको सेरेस शोरूममा गई यो अफरको लाभ लिन आग्रह गरेको छ।

असार १३, २०८२ शुक्रबार १७:१७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।