ग्लोबल आइएमई बैंकले मनायो अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल हाटबजार

ग्लोबल आइएमई बैंकले मनायो अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल हाटबजार

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस भव्य रूपमा मनाएको छ। यस अवसरमा बैंकले सञ्चालन गर्दै आएको ‘ग्लोबल हाटबजार’ कार्यक्रमको २५औं हप्तालाई विशेष रुपमा मनाउँदै मेलाको आयोजना गरेको हो।

बैंकले आफूले ऋण लगानी गरेका उद्यमीहरूलाई बजारसम्मको पहुँच दिलाउने र उनीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले हाटबजार सञ्चालन गर्दै आएको छ। यो कार्यक्रम हरेक शुक्रबार काठमाडौंको कमलादी शाखामा नियमित रूपमा आयोजना हुन्छ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले देशको आर्थिक विकासमा लघु, साना तथा मझौला व्यवसायको विशेष योगदान रहेको बताउँदै, हाटबजार जस्ता अभियानहरूले यस्ता व्यवसायहरूलाई प्रवद्र्धन गर्न सहयोग गर्ने उल्लेख गरे।

‘हाटबजारले कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध कायम गर्नुका साथै, दिगो, हरित तथा अर्गानिक अर्थतन्त्र निर्माणतर्फ सहयोग पुर्याइरहेको छ,’ रेग्मीले भने। साथै, उनले हाटबजारले रैथाने, विषादीरहित र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै उद्यमीहरूलाई आत्मनिर्भर बन्न हौसला दिएको पनि बताए।

बैंकले सञ्चालन गरेको मेलामा विषादी रहित कृषि उपज, रैथाने बाली, हस्तकलाका सामग्री, सजावटी बिरुवा लगायत २ दर्जनभन्दा बढी कृषक र उद्यमीहरूका उत्पादनहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका थिए।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकका लागि समयसापेक्ष सेवाहरू तथा योजनाहरू ल्याउँदै आएको छ। साथै, बैंक ग्लोबल फाइनान्सको 'बेस्ट बैंक अवार्ड २०२४' र युरोमनीको 'अवार्ड फर एक्सिलेन्स २०२४' बाट नेपालकै उत्कृष्ट बैंकका रूपमा सम्मानित भइसकेको छ।

देशभर ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन र राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकले १,००० भन्दा बढी सेवा केन्द्रहरूबाट सेवा दिँदै आएको छ।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, कोरिया, जापान, खाडी देशहरू लगायतका थुप्रै मुलुकबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

असार १३, २०८२ शुक्रबार १७:०३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।