शिक्षक आन्दोलनले ढिलाइ भएको एसईईको नतिजा आज सार्वजनिक हुँदै

शिक्षक आन्दोलनले ढिलाइ भएको एसईईको नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं : शिक्षक आन्दोलनका कारण ढिलाइ भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ।

राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार दिउँसो बसेको बैठकले आजै नतिजा सार्वजनिक गर्ने विषयमा सहमति गरेको छ।

२०७८ चैत ७ देखि चैत १९ सम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए। नतिजा प्रकाश भएपछि परीक्षा बोर्ड लगायत बिभिन्न वेबसाइटमा हेर्न सकिनेछ। 

असार १३, २०८२ शुक्रबार १६:४४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।