‘ड्रागन फ्रुट’ बोटदेखि बजारसम्म (फोटो फिचर)

‘ड्रागन फ्रुट’ बोटदेखि बजारसम्म (फोटो फिचर)

दाङ : दाङको लमही नगरपालिका-३, टिकुलीगढका दुई युवाले सुरु गरेको ड्रागन फ्रुट खेतीले अहिले राम्रो व्यापार गरिरहेको छ।

तुलबहादुर पुन र भरतबहादुर बुढामगरले मिलेर स्थापना गरेको थुर्पामाडी बहुउद्देश्यीय कृषि, फलफूल तथा पशुपन्छी फार्ममा फलेका ड्रागन फ्रुट अहिले दैनिक दुई क्विन्टलभन्दा बढी बिक्री भइरहेको छ।

उनीहरूले विगत एक वर्षदेखि तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती सुरू गरेका हुन्। थोक बजारमा प्रतिकिलो रु ३५० र फुटकरमा रु ४०० मा बिक्री हुने यो फलले दुबै किसानलाई मनग्य आम्दानी दिलाइरहेको छ।

फार्मबाट उत्पादन भएको ड्रागन फ्रुटको माग स्थानीय बजारमा मात्र होइन, अन्य ठाउँबाट पनि आउने गरेको उनीहरूले बताए। भरतबहादुर बुढामगरका अनुसार सुरूमा जोखिम थियो, तर अहिले बजार राम्रो छ र उत्पादनले पनि राम्रो साथ दिएको छ।

तुलबहादुर पुनले भने, ‘नेपालमै व्यावसायिक रूपमा केही फरक गर्न सकिन्छ भन्ने सोचले यो खेतीमा होमिएको हुँ। फल राम्रो फल्यो र बजार राम्रो पाइयो।’ 

ड्रागन फ्रुट पोषिलो र आकर्षक फलको रूपमा चिनिन्छ, जसको माग पछिल्लो समय नेपालमा समेत बढ्दो छ। बोटमा फलेको ड्रागन फ्रुटलाई बजार पठाउन कसरी तयार पारिन्छ ? हेर्नुहोस यी ७ तस्विर 

टिकुलीगढमा व्यावसायिक रुपमा गरिएको  ड्रागन फ्रुट खेती

ड्रागन फ्रुटखेती अवलोकन गर्दै सर्वसाधारण

ड्रागन फ्रुट टिप्दै

ड्रागन फ्रुट बिक्रीका लागि बजार लैजान 'ग्रेडिङ' गरिँदै

ड्रागन फ्रुटको तौल लिँदै

ड्रागन फ्रुट बजार पठाउने तयारी

असार १३, २०८२ शुक्रबार १६:१२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।