गायिका टेलर स्विफ्टको कन्सर्टमा आक्रमणको योजना बनाएको आरोपमा युवा पक्राउ

गायिका टेलर स्विफ्टको कन्सर्टमा आक्रमणको योजना बनाएको आरोपमा युवा पक्राउ

एजेन्सी : गायिका टेलर स्विफ्टको कन्सर्टमा आक्रमण गर्ने योजनामा संलग्न रहेको आरोपमा एक युवा पक्राउ परेका छन्।  जर्मन अधिकारीहरूले विदेशी आतंकवादी संगठनलाई सहयोग गरेको आरोपमा सिरियाली युवालाई पक्राउ गरेको हो।

गत अगस्टमा भियनामा स्विफ्टको कन्सर्ट भएको थियो। मोहम्मद ए नाम गरेका ती युवाले इस्लामिक स्टेट (आईएस) को विचारधारा अनुसरण गरेको र अर्को व्यक्तिलाई आक्रमणको तयारीका लागि सहयोग गरेको आरोप लगाइएको छ।

कन्सर्ट आयोजकहरूले गत वर्ष भियनाको अर्न्स्ट ह्यापेल स्टेडियममा पहिलो कार्यक्रमको अघिल्लो दिन टेलर स्विफ्टका तीन वटा टिकट सकिएका कार्यक्रमहरू रद्द गरेका थिए। सुरक्षा जोखिम देखाएको कन्सर्ट रद्द भएको थियो।

उनको कन्सर्ट स्थलमा आईएस र अल-कायदामा संलग्न व्यक्तिहरूले विस्फोटको योजना बनाएको सूचनाको आधारमा कार्यक्रम रद्द गरेर संदिग्धहरुलाई पक्राउ गरिएको थियो।

असार १३, २०८२ शुक्रबार १५:५०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।