बाढी घरमा पस्दा बेपत्ता नुवाकोटकी महिलाको खोजीका लागि सशस्त्र प्रहरीले हेडक्वाटरबाट खटायो सात जनाको टोली

काठमाडौं : नुवाकोटमा खोलाले बगाएर बेपत्ता महिलाको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय पशु स्वास्थ्य तथा डग हेण्डलर उपशाखा बलम्बुबाट २ वटा कुकुरसहित ७ जनाको टोली खटाईएको छ।
नुवाकोट जिल्लाको ककनी गाउँपालिका-१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण पानीको वहाव बढ्न गई ३२ वर्षिया कमला बलामी बेपत्ता भएकी थिइन्।
उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमाण्डमा ७ जना सुरक्षाकर्मी सहित २ वटा सर्च एण्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको हो।
बेपत्ता व्यक्तिको खोजीकार्य तथा उद्वारको लागि शुक्रबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी नम्बर १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेडाँडाबाट ६५ जना सुरक्षा फौज परिचालन भएको छ।
सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा रहेका अशोक बलामी घाइते भएको हुँदा उनलाई उद्वार गरी उपचारको लागि काठमाडौतर्फ पठाएको ल्याइएको छ भने केहि चौपाया बाढिले बगाएको छ।
असार १३, २०८२ शुक्रबार १३:४६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।