नेपाल वायुसेवा निगमको ६७औं वार्षिकोत्सवमा कविता वाचन र टेबल टेनिस प्रतियोगिता सम्पन्न

नेपाल वायुसेवा निगमको ६७औं वार्षिकोत्सवमा कविता वाचन र टेबल टेनिस प्रतियोगिता सम्पन्न

काठमाडौं : नेपाल वायुसेवा निगमले आफ्नो ६७औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने क्रममा खुल्ला कविता वाचन प्रतियोगिता तथा टेबल टेनिस प्रतियोगिता सम्पन्न गरेको छ।

निगमको वार्षिकोत्सव मूल समारोह समितिद्वारा आयोजित खुला कविता वाचन कार्यक्रम २०८२ असार १२ गते निगमको केन्द्रीय कार्यालय, कान्तिपथ परिसरमा भव्यताका साथ सम्पन्न भयो।

६७औं वार्षिकोत्सव साहित्यिक उप-समितिका संयोजक ई. पोषक ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको समुद्घाटन निगमका कार्यकारी अध्यक्ष तथा वरिष्ठ साहित्यकार युबराज अधिकारीज्यू गरे।

कार्यक्रममा विषेश अतिथिको रुपमा वरिष्ठ साहित्यकारहरु डा. नवराज लम्साल र प्रा.डा. देवी नेपाल लगायत अन्य आमन्त्रित स्रष्टाहरु, निगमका उप-महाप्रबन्धकहरु, उच्च पदाधिकारीहरू, कर्मचारीहरू, पूर्व कर्मचारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि, विषेश अतिथि तथा आमन्त्रित स्रष्टाहरुले अप्रतियोगीको रुपमा आफ्ना उत्कृष्ट कविता वाचन गरेका थिए।

प्रतिस्पर्धात्मक रुपमा सम्पन्न भएको कविता वाचन प्रतियोगितामा कर्मचारीतर्फ २३ जना कविले सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रमिला लुईटेल प्रथम, विनय पौडेल द्धितिय र भाष्कर खनाल तृतीय भई नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरे।

यसैगरी नारायण पौडेल र सौगात वाग्लेले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए। प्रतियोगितामा सहभागी अन्य उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने कविहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो।

यसैगरी, सप्ताहव्यापी ६७ औं वार्षिकोत्सवको अवसरमा असार ९ देखि ११ गतेसम्म निगम परिसरमा टेबल टेनिस प्रतियोगिता पनि आयोजना गरिएको थियो।

विभिन्न विधामा भएको सो प्रतियोगितामा मेन्स एक्जिक्युटिभ सिंगलतर्फ श्री प्रीतम प्रसाद प्रधान प्रथम, श्री युवराज अधिकारी द्धितिय र श्री दिवाकर बञ्जारा तृतीय भएका थिए।

त्यस्तै, मेन्स सिंगलतर्फ नवराज कोईराला प्रथम, प्रज्वल भट्टराई द्धितिय र इन्द्र थापा तृतीय भएका थिए भने ओमेन्स सिंगलतर्फ मेनुका चाम्लीङ्ग प्रथम, रंजना पोख्रेल द्धितिय र कबिता शाह तृतीय भएका थिए।

असार १३, २०८२ शुक्रबार १३:३३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।