भिजिट भिसा प्रकरणमा रमेश लेखकको संलग्नताबारे देउवा- ‘कहाँबाट हुनु नि! बेकारको झूटा कुरा हो’

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्नता नभएको दाबी गरेका छन्।
चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गृहमन्त्री लेखको संलग्नताको कुराई बेकारको भन्दै पन्छिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे सोधिएको प्रश्नमा उनले भने, ‘कहाँबाट हुनु नि! बेकारको झूटा कुरा हो।’
फरक प्रसङ्गमा उनले सत्तारुढ गठबन्धनमा फरक-फरक पार्टी भएकाले केही निर्णयमा फरक मत आउनु सामान्य रहेको भन्दै अहिलेसम्म समझदारी रहेको बताए।
‘टेक एन्ड पे’ को व्यवस्था सहजै हटाएपछि बजेट पास भइसकेको बताउँदै उनले भने, ‘ठूलो कुरै थिएन नि, त्यसमा असमझदारी थियो। हटाएपछि बजेट पारित भइसक्यो। दुईवटा अलग अलग पार्टी हो नि। असमझदारी देखिनु सामान्य हो।’
असार १३, २०८२ शुक्रबार १२:४०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।