लगनखेलमा यामाहा ब्लू फेस्ट सुरू, असार १७ गतेसम्म चल्ने

लगनखेलमा यामाहा ब्लू फेस्ट सुरू, असार १७ गतेसम्म चल्ने

काठमाडौं : नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव दाबी गरिएको ‘यामाहा ब्लू फेस्ट २०८२’ लगनखेल बसपार्कमा जारी छ। बिहीबार भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरू भएको हो।

कार्यक्रमको औपचारिक उद्घाटन स्थानीय जनप्रतिनिधि रायणलाल अवाले र एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले गरे।

असार १२ गतेदेखि १७ गतेसम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका कुनै पनि बाइकलाई विभिन्न अफरहरू सहित सहजै एक्सचेन्ज गर्न पाइनेछ।

महोत्सवका विशेष अफरहरूमा जुनसुकै ब्रान्डका बाइक एक्सचेन्ज, यामाहा बाइकमा न्यूनतम ५० हजार र अन्य ब्रान्ड (कर चुक्ता अनिवार्य) मा न्यूनतम २५ हजारको मूल्याङ्कनको सुविधा छन्।

यसका अलावा एक्सचेन्जमा अतिरिक्त १० हजार बोनस, छ हजारसम्मको नगद छुट, फ्री एक्सेसरीज, आर्थिक वर्ष ०८२/८३ को निःशुल्क सडक कर भुक्तान र ग्यारेन्टर नभइ ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा समावेश छन्।

यामाहाले डाइभर्स र शक्तिशाली बाइक तथा स्कुटरहरू प्रस्तुत गर्दै आएको छ। यामाहा ब्लू फेस्ट सवारी साधन एक्सचेन्ज कार्यक्रम मात्र नभई सवारी संस्कृतिको उत्सव पनि हो।

एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल आफ्नो अत्याधुनिक प्रविधि र ग्राहक सन्तुष्टि प्रतिको प्रतिबद्धताका लागि परिचित छ।

असार १३, २०८२ शुक्रबार १०:५२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।