श्रीमतीलाई आँखा लगाएको भन्दै आफ्नै भाइको हत्या, दाइ पक्राउ

श्रीमतीलाई आँखा लगाएको भन्दै आफ्नै भाइको हत्या, दाइ पक्राउ

बुटवल : अर्घाखाँचीमा सहोदर भाइको हत्या आरोपमा दाइ पक्राउ परेका छन्।

जिल्लाको शितगंगा नगरपालिका-६ पाखापानीमा ‘श्रीमतीलाई आँखा लगाएको’ भन्दै दाजुले सहोदार भाइको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार पाखापानीका ४२ बर्षीय टेकबहादुर बादीले आफ्नै ३२ वर्षीय कान्छा भाइ ओमबहादुरलाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन्।

अविवाहित ओमबहादुरसँग परिवारमा उनको आचरणबारे धेरै पटक विवाद समेत भएको स्थानीयहरू बताउँछन्।

तीन दाजुभाइमध्ये कान्छो ओमबहादुर माइला दाजु टेकबहादुर र भाउजुसँग बस्दै आएका थिए।

इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दिपक सिंह विष्टले हत्या गर्ने टेकबहादुरलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको बताए।

भारत जाने तयारी गरेका उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो। झगडाको समयमा दुई भाई नै मापसे सेवन गरेको खुल्न आएको उनले बताए।

असार १३, २०८२ शुक्रबार १०:४१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।