
सर्वोच्चको न्यायाधीश सिफारिस तीन जना विरुद्ध सात उजुरी

काठमाडौँ : सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा सात उजुरी परेको छ। सर्वोच्चको न्यायाधीशका लागि वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम सिफारिस गरिएको थियो।
संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा पाँच व्यक्ति केन्द्रित र दुई वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको सभापति ईश्वरी देवी न्यौपानेले जानकारी गराइन्। न्यौपानेका अनुसार मेघराजविरुद्ध दुई, श्रीकान्त विरुद्ध दुई र शान्तिसिंहविरुद्ध एक तथा सैद्धान्तिक विषयसँग सम्बन्धित दुई वटा उजुरी परेको हो।
शुक्रवार उजुरीकर्तासँग छलफल गर्ने र १५ गते सुनुवाइ गर्ने समितिले जनाएको छ।
असार १२, २०८२ बिहीबार २१:२३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।