
अदालतको मानहानिको अभियोगमा दृष्टिका प्रकाशक र सम्पादकको नाममा २५ हजारको धरौटी

काठमाडौं : अदालतको मानहानिको मुद्दामा विशेष अदालतले दृष्टि साप्ताहिक तथा दृष्टि अनलाइनका सञ्चालक शम्भु श्रेष्ठ र सम्पादक एमपी सुब्बालाई २५/२५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दियो। विशेष अदालतबारे प्रकाशित समाचारले अदालतको मानहानि गरेको भन्दै बिहीबार उनीहरूबारे सुनुवाइ भएको थियो।
बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको वृहत् संयुक्त इजलासले दुवै जनाको नाममा २५-२५ हजार धरौटी मागेको हो।
अदालतले उनीहरूमाथि विचाराधीन मुद्दाबारे समाचार लेखेर अदालतको अवहेलना गरेको दाबी गरेको थियो। अदालतको कर्मचारीले नै निर्माण गरेको प्रतिवेदनको आधारमा उनीहरूमाथि अदालतको मानहानिको अभियोग दर्ता भएको थियो।
अदालतले प्रारम्भिक सुनुवाइमा प्रकाशित समाचार जस्ताको त्यस्तै राख्न आदेश दिएर दुबैलाई अदालतमा हाजिर हुन बोलाए अनुसार दुवै जना बिहीबार अदालतमा हाजिर भएका थिए।
असार १२, २०८२ बिहीबार २१:०८:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।