राइटपाथको ‘यूके एजुकेसन एक्स्पो २०२५’ सम्पन्न, ५ सय भन्दा बढी विद्यार्थीको सहभागिता

राइटपाथको ‘यूके एजुकेसन एक्स्पो २०२५’ सम्पन्न, ५ सय भन्दा बढी विद्यार्थीको सहभागिता

काठमाडौं : राइटपाथ करियर काउन्सेलिङले आयोजना गरेको ‘यूके एजुकेसन एक्स्पो २०२५’ भव्य रूपमा सम्पन्न भएको छ।

उच्च शिक्षा हासिल गर्न बेलायत जान चाहने विद्यार्थीहरूका लागि पुतलीसडकस्थित केन्द्रीय कार्यालयमा गरिएको उक्त एक्स्पोमा ५०० भन्दा बढी विद्यार्थीले सहभागिता जनाए।

एक्स्पोमा एक दर्जनभन्दा बढी बेलायती विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति थियो। साथै बिभिन्न शैक्षिक साझेदार संस्थाका प्रतिनिधिहरूले पनि विद्यार्थीका जिज्ञासाको समाधान गरेका थिए।

विद्यार्थीहरूले प्रत्यक्ष संवाद, स्पट एसेसमेन्ट, छात्रवृत्ति अवसर, र पाठ्यक्रम छनोटसम्बन्धी विस्तृत जानकारी पाउने मौका पाए। राइटपाथका अनुसार, कार्यक्रम केवल परामर्शमा मात्र सीमित थिएन, यो नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय अवसरहरूसँग जोड्ने एक महत्वपूर्ण प्लेटफर्म बन्यो।

कार्यक्रमलाई थप आकर्षक बनाउन गिफ्ट ह्याम्पर र रमाइलो खेलहरू समेत राखिएको थियो, जसले एक्स्पोलाई थप उत्साहजनक बनायो।

हालै कीर्तिपुरमा नयाँ शाखा विस्तार गरेको राइटपाथले पुतलीसडकस्थित मुख्य कार्यालयसहित बानेश्वर, ललितपुर, चितवन, दाङ, बुटवल, धनकुटा र इटहरीमा शाखा सञ्चालन गर्दैछ।

संस्थाले बेलायत, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, माल्टा, युएई र अमेरिकालगायत मुलुकमा जान चाहने विद्यार्थीहरूलाई परामर्श सेवा दिँदै आएको छ।

असार १२, २०८२ बिहीबार २०:२४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।