
रोनाल्डो अझै दुई वर्ष साउदीमै रहने

काठमाडौं : क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल-नासार सँग नयाँ सम्झौता गरेका छन्। उनले अल-नासार सँग दुई वर्षे सम्झौता गरेका हुन्। यससँगै उनी अब ४२ वर्षभन्दा बढी उमेरसम्म पनि क्लबमै रहने निश्चित भएको छ।
४० वर्षीय रोनाल्डोले सन् २०२२ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेर रियाधस्थित अल-नासार क्लबमा आवद्ध भएका थिए।
उनको अघिल्लो सम्झौता जुनको अन्त्यसँगै सकिँदै थियो। तर अब क्लबसँगको सम्बन्ध थप दुई वर्षका लागि लम्बिएको छ।
सम्झौतापछि सामाजिक सञ्जाल ‘एक्स’ मा रोनाल्डोले लेखेका छन्-‘अब नयाँ अध्याय सुरु हुँदैछ। उही जोश र उही सपनाका साथ। आउनुहोस सँगै मिलेर इतिहास रचौं।’
रोनाल्डो हालसम्म अल-नासारका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
असार १२, २०८२ बिहीबार २०:०२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।