'पत्रकारिता सबैको प्रिय बन्न गरिने पेशा नै हैन'

समाजमा अहिले पनि द्वन्द्व छ, तर के हामीले त्यसलाई गहिरो गरी नियालेका छौँ त? अहिले पनि लैङ्गिकताका सवालका मुद्दाहरू छन्, भाषाका सवालहरू छन्, जात व्यवस्थाविरुद्ध निरन्तर सङ्घर्ष भइरहेको छ। हतियार उठाउनु मात्रै द्वन्द्व हुनु होइन। अहिले भइरहेको सङ्घर्षबारे हामी मिडियाले कति गम्भीर भएर रिपोर्टिङ गरेका छौँ? पत्रकारिता भनेको सिक्ने र सिकाउने दुवै हो।

पत्रकारले आचरणमा रहेर उठाएका ‘इश्यूहरू’मा अहिले पनि उत्तिकै बहस र छलफल हुने गरेका छन् र उस्तै परे ऐन नियम नै परिवर्तन भएका छन्। तर, के हामीले भुइँ तहमै रहेर काम गर्न सकेका छौँ?

मिडिया जसले चलाइरहनु भएको छ, उहाँहरूको जीवनशैली हेर्दा मिडिया सन्तुलनमै रहेको देखिन्छ। तर पत्रिका र प्रोडक्ट हेर्दा कन्टेन्टमा लगानी भएको देखिँदैन। बासी समाचार अहिले कसैले पढ्दैन।

-पत्रकार विनोद ढुंगेल

असार १२, २०८२ बिहीबार १९:५३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।