डोङफेङ नामीको ‘फाइभ स्टार अफर’ सार्वजनिक

डोङफेङ नामीको ‘फाइभ स्टार अफर’ सार्वजनिक

काठमाडौं : नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु ग्रुपले ‘नामी फाइभ स्टार अफर’ सार्वजनिक गरेको छ। यो विशेष अफर देशभर रहेका सबै नामी शोरूमहरूमा सीमित अवधिका लागि उपलब्ध हुनेछ।

यस अफर अन्तर्गत ग्राहकहरूले नयाँ नामी विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा पाँच ओटा विशेष लाभ प्राप्त गर्न सक्नेछन्। अफरमा आकर्षक नगद छुट, 7kW र 3.5kW चार्जर, अटो प्लस बीमा, चालु आर्थिक वर्षको निःशुल्क सडक कर र निःशुल्क एसेसरिजहरू पाइनेछ।

बढ्दो विद्युतीय सवारी बजारलाई ध्यानमा राख्दै ल्याइएको यो अफरले ग्राहकहरूको खरिद अनुभवलाई अझ मूल्यवान र लाभदायक बनाउने लक्ष्य राखिएको छ। विशेषगरी स्मार्ट सहरिया जीवनशैली अपनाउनेहरूको लागि नामी इभी एक किफायती, भरपर्दो र आधुनिक विकल्प बनेको कम्पनीको दाबी छ।

डोङफेङ नामीले इम्प्रेसिभ ड्राइभिङ रेञ्ज, स्मार्ट मूल्य र उत्कृष्ट विशेषताहरूको संयोजनमार्फत छोटो समयमै धेरै ग्राहकहरूको मन जित्न सफल भएको छ। 

कम्पनीले ग्राहकहरूलाई छिटोभन्दा छिटो नजिकको डोङफेङ नामी शोरूममा पुगेर यो सीमित अवधिको अफरको फाइदा लिन आग्रह गरेको छ। सरल प्रक्रियामार्फत झन्झटरहित रूपमा आफ्नो सवारी साधन अपग्रेड गर्न चाहनेहरूलागि अहिले नै उत्तम समय भएको कम्पनीको भनाइ छ।

असार १२, २०८२ बिहीबार १८:१०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।