विदेश पठाइदिने भन्दै ५८ लाख ठगेर फरार दुई जना पक्राउ

विदेश पठाइदिने भन्दै ५८ लाख ठगेर फरार दुई जना पक्राउ

काठमाडौं : युके र कतार पठाइदिन्छु भन्दै ५८ लाख रुपैयाँ ठगेर सम्पर्कविहीन भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका–३ की ३१ वर्षीया नविना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका–४ का ४३ वर्षीय लछुमन साह तेली छन्। दुवै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको हो।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार नविनाले युके पठाइदिन्छु भन्दै दुई जनाबाट ५२ लाख रुपैयाँ लिएकी थिइन् भने लछुमनले कतार पठाइदिन्छु भन्दै तीन जनाबाट ६ लाख असुलेर बेपत्ता भएका थिए।

पीडितहरूले दिएको उजुरीकै आधारमा दुवै जनालाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ। अहिले उनीहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

असार १२, २०८२ बिहीबार १७:०८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।