
धनगढीमा नयाँ क्रेटा इभी सार्वजनिक, ग्राहकको उत्साहजनक सहभागिता

धनगढी : नेपालमा हुन्डाई सवारीसाधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले धनगढीमा नयाँ क्रेटा इभी सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रममा हालसम्मकै व्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ।
कार्यक्रम होटल फ्लोरा, छटकपुर, धनगढीमा आयोजित थियो जहाँ हुन्डाईका विभिन्न नयाँ मोडेलहरूसहित क्रेटा इभीको सार्वजनिक प्रदर्शन गरियो। कार्यक्रम दिनेश फोर व्हील्स प्रा. लि. (हुन्डाईको आधिकारिक डिलर) को आयोजनामा सम्पन्न भएको हो।
कम्पनीका अनुसार नयाँ क्रेटा इभीको आगमनले विद्युतीय सवारी किन्न चाहने तर दुविधामा रहेका ग्राहकहरूलाई निर्णय गर्न सहज बनाउने विश्वास लिइएको छ। हुन्डाई नेपालले यसअघि नै क्रेटाको पेट्रोल मोडेल देशमै निर्माण सुरु गरिसकेको र इभी तथा आइसीइ दुवै मोडेल एउटै प्लेटफर्ममा आधारित भएकाले सेवा, स्पेयरपार्ट्स र ब्रान्ड सपोर्टमा कुनै समस्या नहुने स्पष्ट पारेको छ।
कार्यक्रममा सहभागी ग्राहकहरूले हुन्डाई गाडीप्रतिको विश्वास र आकर्षण उत्साहजनक रूपमा देखाएका थिए। कम्पनीका प्रतिनिधिहरूले उपस्थित सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै विस्तृत जानकारी र सहयोग पनि प्रदान गरेका थिए।
कम्पनीले राष्ट्रको स्मार्ट र सफा भविष्यतर्फको यात्रालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावप्रति हार्दिक आभार प्रकट गरेको छ।
असार १२, २०८२ बिहीबार १७:००:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।