न्यायाधीशहरू विरुद्ध परेका सात उजुरीबारे संसदीय सुनुवाइ समितिमा छलफल

काठमाडौं : संसदीय सुनुवाइ (संयुक्त) समितिको बिहीबार बसेको बैठकमा सर्वोच्च अदालतका लागि सिफारिस गरिएका न्यायाधीशहरूबारे परेका उजुरीहरू खोलेर समितिका सदस्यहरूलाई कार्ययोजना वितरण गरिएको छ।
बैठकमा समितिका सभापति ईश्वरी न्यौपानेले न्यायाधीशका रूपमा प्रस्तावित व्यक्तिहरू विरुद्ध आएका उजुरीहरूबारे जानकारी दिँदै ती उजुरीमाथि छलफल गरिएको बताइन्।
उनका अनुसार समितिमा पाँचवटा उजुरी व्यक्तिगत रूपमा व्यक्तिविरुद्ध र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित गरी जम्मा सातवटा उजुरी परेका छन्।
साथै, यही असार १५ गते आइतबार प्रस्तावित तीन न्यायाधीशसँग सुनुवाइ गर्ने निर्णय पनि बैठकमा गरिएको छ। बैठकले सचिवालयबाट तयार पारिएको कार्यतालिका केही परिमार्जनसहित पारित गरेको घोषणा पनि गरिएको छ।
असार १२, २०८२ बिहीबार १६:३८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।