हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा इभी सार्वजनिक

हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा इभी सार्वजनिक

धनगढी : हुन्डाई सवारी साधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हालै धनगढीमा नयाँ क्रेटा ईभी को सफल सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

उच्च गुणस्तरीय सेवा र विश्वसनीयताका कारण नेपालको प्रमुख अटो ब्रान्ड बनेको हुन्डाईको यो कार्यक्रममा व्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भयो।

कम्पनीका अनुसार, क्रेटा ईभीले विद्युतीय सवारी खरिद गर्दा स्पेयर पार्ट्स, सेवा शुल्क र दीर्घकालीन सपोर्टबारे हुने ग्राहकको दुविधालाई सम्बोधन गर्नेछ।

क्रेटा आईस (पेट्रोल) को नेपालमै उत्पादन सुरू भइसकेको र ईभी तथा आईस दुवैमा एउटै प्लेटफर्म प्रयोग भएकाले बिक्रीपछिको सेवामा कुनै समस्या नहुने कम्पनीले स्पष्ट पारेको छ। साथै, लक्ष्मी हुन्डाईले रिल्याक्स चार्जिङ नेटवर्क विस्तार गरी देशभर ६६ वटा चार्जर सञ्चालनमा ल्याएको छ।

कम्पनीको राष्ट्रव्यापी भेटघाट अभियान अन्तर्गत, ११ असारमा दिनेश फोर व्हील्स प्रालिको सहकार्यमा धनगढीको होटल फ्लोरामा आयोजित कार्यक्रममा क्रेटा ईभी सहित अन्य मोडलहरू प्रदर्शन गरिए। कार्यक्रममा ग्राहकहरूको उत्साह र विश्वास प्रस्ट देखियो। कम्पनीले सहभागीहरूसँग प्रत्यक्ष संवाद गरी जानकारी प्रदान गर्यो।

संयुक्त आयोजनामा भएको यस कार्यक्रमका सम्पूर्ण सहभागीहरूप्रति कम्पनीले आभार व्यक्त गरेको छ। हुन्डाई नेपालले राष्ट्रको सफा भविष्यतर्फको यात्रालाई निरन्तरता दिँदै ग्राहकहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।

असार १२, २०८२ बिहीबार १३:०४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।