
मेक्सिकोमा उत्सव मनाइरहेका स्थानीयमाथि गोलीबारी हुँदा १२ जनाको मृत्यु, २० घाइते

एजेन्सी : मेक्सिकोको गुआनाजुआटो राज्य अन्तर्गत इरापुआटो शहरमा मंगलबार राति भएको भीषण गोलीबारीमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्।
यो घटना सेन्ट जोन द ब्याप्टिस्टको पर्वको अवसरमा मानिसहरू सडकमा भेला भई नाचिरहेका, गाइरहेका र उत्सव मनाइरहेका बेला भएको थियो।
इरापुआटोका अधिकारी रोडोल्फो गोमेज सर्भान्टेसले बुधबार पत्रकार सम्मेलनमा मृत्यु हुनेको संख्या १२ पुगेको र धेरै घाइतेहरूको अवस्था गम्भीर रहेको पुष्टि गर्नुभयो।
राष्ट्रपति क्लाउडिया शाइनबाउमले घटनाप्रति दुःख व्यक्त गर्दै यसको गम्भीर अनुसन्धान भइरहेको बताउनुभएको छ।
असार १२, २०८२ बिहीबार ०८:२१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।