
खोल्सामा आएको बाढीले ललितपुरमा एक जनाको मृत्यु

पाटन : ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका-६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ।
बुधबार साँझ ठुलादुर्लुङस्थित भर्याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल-४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका-२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको महाँकाल गाउँपालिका-६ का वडाध्यक्ष विनोद चौलागाईंले जानकारी दिए।
‘खोल्सामा साँझ अन्दाजी ७ः३० बजेतिर आएको बाढीले बगाएर मृत्यु भएको हो, हामीले बेलुकी १० बजेतिर खोजी गर्दा थाहा पाएर मृतकको शवलाई पत्ता लगायौँ, यहाँका सबै सडक बन्द छन्’, उनले भने।
असार १२, २०८२ बिहीबार ०७:४०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।