इरानबाट फर्किए ११ नेपाली, रुपन्देहीका दुई जना घर पुगे

बुटवल : इरानमा रहेका रुपन्देहीका २ युवा घर आइपुगेका छन्। नेपाल सरकारको समन्वय र भारत सरकारको सहयोगमा बुटवल–१२ गणेशप्रसाद पोखरेल र बुटवल–१३ का समुन गैरे इरानबाट बुधवार घर आइपुगेका हुन्।
इरानबाट उनीहरू सहित ११ जना नेपाल फर्केका हुन्। १० वर्षदेखि रोजगारीको सिलसिलामा इरानमा रहेका उनीहरू समय समयमा नेपाल आउजाउ गरिरहन्थे। बुटवल–१३ का समुन गैरेले सहज रूपमा नेपाल आएको आएको।
‘तत्काल नआउने कि भन्ने थियो। अप्ठ्यारो नै भएको त थिएन। तर पछि दुःख हुन सक्छ भनेर भारतीय दूतावास मार्फत नेपाल आएका हौ’ उनले उकेरासँग भने।
उनले आफू इरानमा रहँदा इजरायल र इरानबीचको हमला प्रत्यक्ष नदेखेको बताए। बुटवल–१२ गणेशप्रसाद पोखरेलले पनि केही समस्या पर्ने आशंकाले नेपाल आएको बताए।
उनीहरू दुवै जनासँग बुधवार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भेट गरेका थिए। युद्ध विरामपछि इरानमा अहिले स्थिति सामान्य हुँदै गएको छ। इजरायलमा भने करिब ५ हजार नेपाली रहेको बताइएको छ।
असार ११, २०८२ बुधबार २०:३३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।