पतञ्जलिमा माधव नेपालविरुद्धको थुनछेक बहस सकियो

पतञ्जलिमा माधव नेपालविरुद्धको थुनछेक बहस सकियो

काठमाडौं : पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको थुनछेक बहस सकिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएपछि उनी बुधवार आफैँ अदालतमा हाजिर भएका थिए।

पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष रहेका नेपालको बुधवारै बयान सकिएर थुनछेक बहस सुरु भएको थियो। बहस सकिए पनि आदेश भने आएको छैन।

थुनछेक बहसमा आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील कुमार पन्त, विशेष सरकारी वकिल कार्यालयका प्रमुख मोहनसागर बस्याल, विशेष सरकारी वकिलकै भगवती गौतम, उमाकान्त पौडेल र ज्ञानप्रसाद भुसालले बहस गरेका थिए।

सरकारीपक्षले मन्त्रिपरिषद्ले २०६६ पुस २२ मा गरेको निर्णय २९ पुसमा उल्ट्याएर पतञ्जलिको व्यापार योजनालाई सहयोग पुग्ने गरी निर्णय गरेका कारण उक्त निर्णय नीतिगत हुन नसक्ने र माधव नेपालमाथि कारबाही अघि बढाउनुपर्ने दलिल प्रस्तुत गरेका थिए। 

पतञ्जलिको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपसहित आयोगले मुद्दा दायर गरेको थियो।

असार ११, २०८२ बुधबार १९:३६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।