नेप्से घटेको घट्यै, कारोबार रकम पाँच अर्ब

काठमाडौँं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शून्य दशमलव ३३ अङ्कले घटेर दुई हजार ६ सय दशमलव २० को विन्दु कायम भयो।
बुधवार तीन सय ११ कम्पनीको एक करोड ३७ लाख ५९ हजार ६ सय ४ कित्ता शेयर ६१ हजार ८ सय २४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ९४ करोड २८ लाख ५२ हजार २ सय ५६ बराबरको कारोबार भयो।
बुधवारको कारोबारमा विकास बैंक शून्य दशमलव ०२, होटेल तथा पर्यटन एक दशमलव ४३, जलविद्युत् शून्य दशमलव ६७, जीवन बीमा शून्य दशमलव ०६, म्युचुअल फन्ड शून्य दशमलव ०९ र निर्जीवन बीमा शून्य दशमलव १० प्रतिशतले बढ्यो।
अरू सबै समूहको उपसूचक घटे। बैङ्किङ शून्य दशमलव ०९, वित्त शून्य दशमलव ४८, लगानी शून्य दशमलव ४०, उत्पादन तथा प्रशोधन शून्य दशमलव २०, लघुवित्त शून्य दशमलव २१, व्यापार एक दशमलव ०७ र अन्य समूह शून्य दशमलव २१ प्रतिशतले घटे।
मोदी इनर्जी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढ्यो भने सबैभन्दा धेरै घट्नेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ५१ प्रतिशतले घट्यो।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै बुटवल पावर कम्पनी लिमिटेडको ५३ करोड ९४ लाख ५७ हजार ३ सय २६ बराबरको छ लाख ५४ हजार २ सय ९० कित्ता शेयर किनबेच भयो।
असार ११, २०८२ बुधबार १५:५३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।