विशेषमा माधव नेपालको बयान सकियो,अब थुनछेक बहस

विशेषमा माधव नेपालको बयान सकियो,अब थुनछेक बहस

काठमाडौं : पतञ्जलि जग्गा घोटाला प्रकरणमा बुधवार विशेष अदालतमा उपस्थित भएका पूर्व प्रधानमन्त्री तथा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको बयान सकिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेपछि उनी बयानका लागि उपस्थित भएका थिए। अदालतमा नेपालको बयान सकिएर बयानपछि थुनछेक बहस सुरु भएको छ।

नेपालका तर्फबाट बहस गर्न एक सय २० जना कानुन व्यवसायीहरूले नाम लेखाएका छन्। नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपीकृष्ण घिमिरे, गोविन्द बन्दी लगायतका कानुन व्यवसायी बहसमा उत्रिएका छन्।

थुनछेक बहस लम्बिएमा नेपाल न्यायिक हिरासतमा बस्नुपर्ने हुनसक्छ। त्यसैले सकेसम्म आजै थुनछेक आदेश आउनसक्नेगरी थोरैले मात्र बहस गर्ने तयारी गरेका छन्।

आयोगको तर्फबाटबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहितले बहस गर्दै छन्।  अख्तियारले पूर्व प्रधानमन्त्री नेपालविरुद्ध पतञ्जलि जग्गा घोटाला प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

असार ११, २०८२ बुधबार १५:१७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।