भक्तपुर अस्पतालमा पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया

भक्तपुर अस्पतालमा पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया

भक्तपुर : भक्तपुर अस्पतालले पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गत निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले जानकारी दिए।

पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया अभियानका रूपमा सुरू गरेको अस्पतालले पहिलो दिन मङ्गलबार तीन जनाको शल्यक्रिया गरेको छ।

‘आज पाँच जनाको शल्यक्रिया गर्ने तयारी छ’, निमित्त निर्देशक डा भट्टले भने।

पाठेघर खसेका महिलाहरूलाई अस्पतालमा सम्पर्क गरेर निःशुल्क शल्यक्रियाका लागि आउन उनले आह्वान गरे।

असार ११, २०८२ बुधबार १०:११:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।