५१ लागिन् करिश्मा : सलमानमाथि क्रश, अभिषेकसँगको इन्गेजमेन्ट टुट्यो; श्रीमानले हनिमुनमै साथीहरूसँग सुत्न बाध्य पारे

५१ लागिन् करिश्मा : सलमानमाथि क्रश, अभिषेकसँगको इन्गेजमेन्ट टुट्यो; श्रीमानले हनिमुनमै साथीहरूसँग सुत्न बाध्य पारे
पूर्व श्रीमानसँग करिश्मा

एजेन्सी : एक समय बलिउडकी नम्बर वान नायिका करिश्मा कपूरले आफ्नो अभिनयबाट दर्शकको मन जितेकी छन्। ९० को दशकमा उनले थुप्रै हिट फिल्म दिएर दर्शकको मनमा राज गरिन्।

तर, करोडौंको मनमा बस्ने यी अभिनेत्रीको वास्तविक जीवनमा भने कैयौं पटक दिल टुट्यो। बलिउडका कैयौं हस्तीसँग उनको नाम जोडिए पनि कसैसँग पनि उनको प्रेम सम्बन्ध सफल हुन सकेन। उनले प्रेममा धोका र बदनामी नै पाइन्।

बिहे भयो, तर १३ वर्षपछि सम्बन्धविच्छेद पनि भयो। करिश्मा कपूरले आफ्ना पूर्वपति सञ्जय कपूरमाथि निकै गम्भीर आरोप लगाएकी थिइन्। सञ्जयले हनीमूनकै दिन आफ्ना साथीहरूसँग सुत्न बाध्य पारेका थिए। जब उनले यसो गर्न अस्वीकार गरिन्, तब सञ्जयले उनलाई पिटेका थिए। यतिसम्म कि साथीहरूबीच उनको लिलामी गरिएको थियो।

आज जुन २५ मा करिश्मा कपूरको जन्मदिनको अवसरमा उनको जीवनका केही भित्री पाटाबारे चर्चा गरौं।

स्विमसूट लगाउँदा काका ऋषि कपूर रुष्ट
करिश्मा कपूरले १६ वर्षको उमेरमा फिल्म ‘प्रेम कैदी’ बाट अभिनयमा पाइला टेकिन्। यो उनको डेब्यू फिल्म थियो। सबैले करिश्माको अभिनयको तारिफ गरे, तर उनका काका अर्थात् दिवंगत अभिनेता ऋषि कपूर फिल्ममा करिश्माले लगाएको स्विमसूटप्रति रुष्ट थिए।

‘स्टारडस्ट’ सँगको एक अन्तर्वार्तामा करिश्माले यसमा आफ्नो प्रतिक्रिया दिँदै भनेकी थिइन्, ‘जब मानिसहरू ‘प्रेम कैदी’ हेरेर थिएटरबाट बाहिर निस्किए, तब कसैलाई पनि स्विमिङ कस्ट्युम याद आएन। सबैले फिल्ममा मेरो अभिनयको मात्र कुरा गरिरहेका थिए।’

उनले अगाडि भनिन्, ‘जब मेरा आमाबाबुलाई यसमा आपत्ति थिएन, तब अरू कसैलाई किन हुनुपर्यो र? मानिसहरू के चाहन्थे र मबाट? सारी लगाएर पूलमा हामफालुँ कि क्या हो? कति मूर्खतापूर्ण कुरा हो। जे भए पनि, स्विमसूट लगाउनुमा के खराबी छ र? के अरू सामान्य किशोरकिशोरीहरू यसलाई लगाउँदैनन् र?’

फिल्मका लागि पढाइ छाडिन्, केवल पाँच कक्षा पास
फिल्ममा आउनका लागि करिश्माले पढाइ छाडेकी थिइन्। उनी त्यतिबेला कक्षा ६ मा थिइन्। उनले केवल पाँच कक्षा पास गरेर नै बलिउडमा पाइला टेकेकी थिइन्।

कपूर फेमिली फिल्मसँग नजिक भए पनि करिश्माका लागि फिल्मको बाटो त्यति सहज थिएन। यसका लागि उनले परिवारको स्थापित परम्परालाई चिर्दै अघि बढ्नुपर्यो।

कपूर खानदानमा महिलाले फिल्ममा काम नगर्ने परम्परा पृथ्वीराज कपूरले सुरु गरेका थिए। उनी परिवारका बुहारी-छोरीले फिल्म उद्योगमा काम गरेकोमा सख्त खिलाफ थिए, तर यो परम्परालाई करिश्मा कपूरले तोडिन्।

करिश्माले एक अन्तर्वार्ताका क्रममा भनेकी थिइन्- ‘यो त मानिसहरूले बनाएको कुरा मात्र थियो। जब मैले काम सुरु गरेँ, तब यी सबै हल्लाहरू फैलाइयो। मानिसहरू भन्थे कि परिवारले सहमति थिएन। बुबाका दिदीबहिनीले फिल्ममा काम नगरेको उनीहरूको आफ्नै फैसला थियो, किनकि उनीहरूलाई फिल्ममा काम गर्नमा रुचि थिएन।’

कपूर नामलाई कमजोर नबनाउन बुवाको सल्लाह
आफ्नो कुरा अगाडि राख्दै अभिनेत्रीले भनेकी थिइन्- ‘बुबाले मलाई अभिनयका लागि प्रेरित गर्नुभयो। उहाँले कपूर नामलाई कमजोर नबनाउन भन्नुभएको थियो। उहाँ मेरो पछाडि एकदमै बलियो गरी उभिनुहुन्छ। म उहाँको सल्लाह लिन्छु। हामी सँगै बसेर फिल्मको कुरा गर्छौं।’

करिश्मा कपूरले अगाडि भनेकी थिइन्- ‘मैले मेरा हजुरबुबालाई कहिल्यै निराश गरिनँ। उहाँ मेरा सबैभन्दा ठूला प्रेरणा स्रोत हुनुहुन्थ्यो। जब म सानै थिएँ तब उहाँलाई थाहा थियो कि म अभिनेत्री बन्न चाहन्छु। उहाँले म अभिनेत्री बन्न सक्ने विश्वास राख्नुहुन्थ्यो र भन्नुहुन्थ्यो- यदि तिमी अभिनेत्री बन्छ्यौ भने, सबैभन्दा राम्रो बन्नु।’

पहिलो फिल्मपछि पाँच फ्लप, तर 'अनाड़ी' र 'जिगर' ले उकास्यो
फिल्म ‘प्रेम कैदी’ पछि करिश्मा कपूरलाई कैयौं ठूला फिल्मका अफर आए। जसमा ज्याकी श्राफसँग ‘पुलिस अधिकारी’, सलमान खानसँग ‘जागृति’ र ‘निश्चय’, अक्षय कुमारसँग ‘दीदार’ र राहुल रोयसँग ‘सपने साजन के’ जस्ता फिल्महरू सामेल थिए। यी सबै फिल्म फ्लप भए, तर ‘अनाड़ी’ र ‘जिगर’ले करिश्माको करियरलाई सही ट्र्याकमा ल्याए।

‘अनाड़ी’ र ‘जिगर’ पछि करिश्मा कपूरले ‘राजा बाबु’, ‘अन्दाज अपना अपना’, ‘कुली नम्बर वान’ जस्ता कैयौं हिट फिल्ममा काम गरिन्।

आमिर खानको फिल्म ‘राजा हिन्दुस्तानी’ बाट करिश्मा कपूरलाई सुपरस्टारडम हासिल भयो। यो फिल्म पहिले ऐश्वर्या रायलाई अफर गरिएको थियो, तर त्यतिबेला उनी पढिरहेकाले काम गरिनन्।

‘राजा हिन्दुस्तानी’ लाई करिश्मा कपूरको अभिनयका साथै उनको मेकओभरका लागि पनि चिनिन्छ। यो फिल्मका लागि करिश्मालाई बेस्ट एक्ट्रेसको फिल्मफेयर अवार्ड पनि मिल्यो। यही फिल्मले करिश्मालाई रातारात स्टार बनायो। निर्देशक करिश्मालाई आफ्नो फिल्ममा लिनका लागि चक्कर काट्न थाले।

प्रेममा धोका र बदनामी
करिश्मा कपूरको नाम बलिउडकी टप अभिनेत्रीमा आयो। बलिउडका हरेक ठूला फिल्ममेकर करिश्मालाई आफ्नो फिल्ममा कास्ट गर्न चाहन्थे।करिश्माले न केवल आफ्नो अभिनयले, आफ्नो सुन्दरता र स्टाइलले पनि ९० को दशकमा दर्शकको मनमा राज गरिन्।

तर, करोडौंको मनमा राज गर्ने अभिनेत्रीको रियल लाइफमा भने कैयौं पटक दिल टुट्यो। उनले प्रेममा धोका र बदनामी नै पाइन्। करिश्मा कपूर र अजय देवगनले पहिलो पटक फिल्म ‘जिगर’ मा काम गरेका थिए। यो फिल्मको सुटिङका क्रममा दुवैको दोस्ती भयो। त्यसपछि दुवैबीच अफेयरको खबर फैलिन थाल्यो। पछि करिश्मा र अजयको बाटो अलग भयो।

अजय देवगनसँग ब्रेकअपपछि जब करिश्मा कपूर मुश्किल समयबाट गुज्रिरहेकी थिइन्, त्यतिबेलै उनको भेट अक्षय खन्नासँग भयो। रिपोर्ट्सका अनुसार अक्षय खन्ना र करिश्मा कपूरबीच नजिकिँदै गयो र कुरा बिहेसम्म पुग्यो।

करिश्मा कपूरका पिता रणधीर कपूरले विनोद खन्नाको घरमा आफैं छोरीको लागि प्रस्ताव पठाएका थिए। तर, करिश्माकी आमा बबिताले विवाह हुन दिइनन्। त्यतिबेला करिश्माको करियर पीकमा थियो। करिअरको पिकमा पुगेका बेला छोरीले विवाह गरोस् भन्ने उनी चाहँदैनथिन्, त्यसैले उनले यो सम्बन्ध अस्वीकार गरिदिएकी थिइन्।

करिश्मा कपूर र गोविन्दाको जोडी फिल्ममा निकै हिट रह्यो। दुवैलाई पर्दामा एकसाथ देख्दा फ्यानहरू पनि निकै उत्साहित हुन्थे। दुवैले एकसाथ कैयौं हिट फिल्ममा काम गरे। सँगै काम गर्दागर्दै चर्चा हुन थाल्यो कि दुवै एक-अर्कासँग प्रेम सम्बन्धमा छन्। जब यो खबर मिडियामा फैलिन थाल्यो, तब दुवैले एक-अर्काबाट दूरी बनाए।

गोविन्दापछि करिश्माको जीवनमा सलमान खानको इन्ट्री भयो। करिश्माले सलमानसँग पनि कैयौं फिल्ममा काम गरेकी छिन्। यस अवधिमा दुवैको नाम सँगै जोडिन थाल्यो। दुवैबीच अफेयरको खबर हेडलाइन बन्न थाल्यो। दुवैले आफ्नो सम्बन्धलाई लिएर कुनै कुरा गरेनन्।

फेरि एउटा यस्तो समय आयो जब दुवैको बाटो अलग भयो। कपिल शर्मा शोमा करिश्माले यस कुराको खुलासा गरिसकेकी छिन् कि सलमान खानप्रति उनको क्रश थियो।

करिश्मा कपूर र अभिषेक बच्चनको सम्बन्धले त निकै चर्चा बटुल्यो। करिश्मा कपूर र अभिषेक बच्चनले एक-अर्कालाई लामो समयसम्म डेट गरे। दुवैको सम्बन्ध बिहेसम्म पनि पुगिसकेको थियो। करिश्मा बच्चन परिवारको बुहारीसम्म बन्नेवाला थिइन्, तर इन्गेजमेन्ट भएपछि सम्बन्ध टुट्यो।

बिजनेसम्यान सञ्जय कपूरसँग बिहे, त्यसपछि सम्बन्धविच्छेद
अभिषेक बच्चनबाट अलग भएपछि करिश्माको जीवनमा सञ्जय कपूरको इन्ट्री भयो। करिश्माले सन् २००३ मा बिजनेसमैन सञ्जय कपूरसँग बिहे गरिन्। दुवैको एक छोरा र एक छोरी छन्।

तर, बिहेपछि पनि करिश्माको जीवनमा प्रेमको बहार आउन सकेन। करिश्माको बिहे लामो समयसम्म टिक्न सकेन। करिश्मा कपूर र सञ्जय कपूरले सन् २०१६ मा सम्बन्धविच्छेद गरे र आफ्नो बाटो अलग गरे।

न्यूज १८ मा छापिएको खबरअनुसार करिश्मा कपूरले सञ्जयमाथि आरोप लगाउँदै हनीमूनकै दिन सञ्जयले आफ्ना साथीहरूसँग सुत्न बाध्य पारेको बताएकी थिइन्। जब उनले यसो गर्न अस्वीकार गरिन्, तब सञ्जयले उनलाई पिटेका थिए।

गर्भवती भएको समयमा सञ्जयले आफ्नी आमालाई भनेर आफूलाई पिट्न लगाएको उनको आरोप थियो।

मुम्बई मिररका अनुसार, सञ्जय कपूरले करिश्माले उनीसँग पैसाका लागि बिहे गरेको बताएका थिए। अभिषेकसँगको आफ्नो टुटेको सम्बन्धलाई सुधार्नका लागि उनले आफूलाई ‘रिबाउन्ड’ जस्तो गरेको उनको आरोप थियो।

सञ्जय कपूरले करिश्मा सही पत्नी नभएको भन्दै भावनात्मक रूपमा आफ्नो बिहेमा संलग्न नभएको समेत आरोप लगाएका थिए। सम्बन्धविच्छेदपछि करिश्माले सञ्जय र उनको परिवारलाई आफ्ना छोराछोरी समायरा र कियानलाई भेट्नबाट पनि रोकेको आरोप लगाएका थिए।

रणधीर कपूरले सञ्जयलाई भनेका थिए 'थर्ड क्लास' मान्छे
सञ्जय कपूरको पैसावाला कुरामाथि करिश्मा कपूरका पिता रणधीर कपूरले हिन्दुस्तान टाइम्सलाई दिएको अन्तर्वार्तामा आफ्नो प्रतिक्रिया दिएका थिए।

रणधीरले भनेका थिए- ‘सञ्जय एक थर्ड क्लास मान्छे हो। हाम्रो साख के छ यो त सबैलाई थाहा छ। हामीहरू कपूर हौं। हामीहरूलाई कसैको पैसाको पछाडि दौडिनुपर्ने आवश्यकता छैन। हामीहरू पैसाले सम्पन्न मात्रै छैनौं, ट्यालेन्टेड पनि छौं, जसले आफ्नो पूरै जीवन आरामले बिताउन सक्छौँ।’

पूर्व पतिको मृत्युले लाग्यो गहिरो धक्का
करिश्मालाई सञ्जय कपूरबाट भले नै सम्बन्धविच्छेद भएको थियो, तर सन् २०२५ मा उनको निधन हुँदा उनलाई गहिरो धक्का लाग्यो। सञ्जय कपूरको ५३ वर्षको उमेरमा अचानक हार्ट अट्याकका कारण निधन भएको थियो।

असार ११, २०८२ बुधबार ०८:१८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।