इरान र इजरायलबीच युद्धविराम, आफूहरूले युद्ध जितेको नेतान्याहुको दाबी

इरान र इजरायलबीच युद्धविराम, आफूहरूले युद्ध जितेको नेतान्याहुको दाबी

एजेन्सी : इजरायल र इरानबीचको युद्धको १२औं दिन मंगलबार युद्धविराम भएको थियो। दुवै देशले यसको पुष्टि गरेका छन् र यस युद्धमा आफ्नो विजयको दाबी पनि गरेका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलले पुस्तौंपुस्ताले सम्झिने इरानविरुद्ध ऐतिहासिक विजय हासिल गरेको दाबी गरेका छन्।

उनले भने, ‘हामी सिंह जस्तै उठ्यौं र हाम्रो गर्जनले तेहरानलाई हल्लायो।’

अर्कोतर्फ, इरानी विदेशमन्त्री अब्बास अराघचीले देशले आणविक कार्यक्रम नरोक्ने बताएका छन्।

उनले भने, ‘हामीले यो प्रविधि प्राप्त गर्न धेरै कडा परिश्रम गरेका छौं। हाम्रा वैज्ञानिकहरूले त्याग गरेका छन्।’

हिजो इरानको राजधानी तेहरानमा पनि विजय उत्सव कार्यक्रम आयोजना गरिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक मंगलबार बिहान साढे तीन बजे सामाजिक सञ्जाल पोस्ट मार्फत दुई देशबीच युद्धविरामको बारेमा जानकारी दिएका थिए।

असार ११, २०८२ बुधबार ०७:३०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।