प्राधिकरणको सब-स्टेशनमा आगो लाग्दा बुटवलमा अन्धकार

बुटवल : नेपाल विद्युत् प्राधिकरणको बुटवलस्थित योगीकुटी सब-स्टेशनमा मँगलबार साँझ विद्युत् सर्ट भई आगलागी हुँदा विद्युत् सेवा अवरुद्ध भएको छ। योगीकुटी ग्रिडमा साँझ ९ बजेपछि आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले जानकारी दिए।
विद्युत् सर्ट भएपछि योगीकुटी ग्रिड अन्तरगतका क्षेत्रमा विद्युत् अवरुद्ध हुँदा बुटवल क्षेत्र अन्धकार भएको छ। आगो नियन्त्रणमा आइसकेको छ क्षतिको विवरण अहिलेसम्म आकलन नभएको प्रहरीले जनाएको छ।
असार १०, २०८२ मंगलबार २२:२६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।