हामीले भनेजस्तो भएन, सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
रफत सञ्चार क्लब भक्तपुरले मंगलबार आयोजना गरेको अन्तर संवाद कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले समर्थन फिर्ता लिने बताए।
यादवले आफुहरूसँग भएको सहमति अनुसार सरकार नचलेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयमा पार्टी पुगेको बताए। 'तर हाम्रो पाँच सांसद मात्रै रहेकाले हामीले समर्थन फिर्ता लिएर पनि सरकार सञ्चालनमा कुनै असर भने पर्दैन,' उनले भने।
हाल प्रतिनिधिसभामा जसपाका पाँच जना सांसद छन्। जसपाले समर्थन फिर्ता लिँदा सरकारको बहुमतमा तत्काल असर नपरेपनि विपक्षी सांसद्को संख्या बढ्दा सरकारमाथि थप दवाव बढ्ने देखिन्छ।
असार १०, २०८२ मंगलबार २२:१७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।