काठमाडौँ बाहेक पाँचै महानगरले ल्याए बजेट, पोखरा र वीरगन्जले एक अर्ब बढाए, भरतपुरको घट्यो

काठमाडौं : ६ महानगरपालिकामध्ये पाँच वटाले बजेट ल्याउँदा काठमाडौं महानगरपालिकाले भने बजेट ल्याउन सकेन। असार १० मा स्थानीय तहले बजेट ल्याउनुपर्ने कानुनी प्रावधान अनुसार बजेट नल्याउने महानगरमा काठमाडौँ एक्लो भयो। अन्य महानगरपालिकाले भने बजेट ल्याए।
भरतपुर महानगरले दुई दिन अगाडि नै बजेट ल्याएको थियो। असार ८ मा आएको बजेटमा यस पटक एक अर्ब कटौती गरिएको छ। आइतबार महानगरले ५ अर्ब १९ करोड ७१ लाखको बजेट सार्वजनिक गरेको थियो। गत वर्ष भरतपुर महानगरपालिकाले ६ अर्ब ५५ करोड ८५ लाखको बजेट सार्वजनिक गरेको थियो।
ललितपुर महानगरपालिकाले ७ अर्ब ४७ करोड ४१ लाखको बजेट सार्वजनिक गर्यो। गत असारमा आएको बजेट भन्दा यस वर्ष त्यति उल्लेखनीय बढेको छैन। गत असारमा ७ अर्ब ४६ करोड ८३ लाखको बजेट आएको थियो।
पोखरा महानगरपालिकाले ८ अर्ब ३५ करोड १२ लाखको बजेट सार्वजनिक गर्यो। गत असारमा सार्वजनिक बजेट भन्दा करिब एक अर्ब बढेको छ। गत असारमा ७ अर्ब ५१ करोडको बजेट आएको थियो। वीरगन्ज महानगरपालिकाले ३ अर्ब २२ करोड ४८ लाखको बजेट सार्वजनिक गर्यो। गत वर्ष सार्वजनिक बजेट भन्दा करिब एक अर्ब बढेको छ। गत असारमा २ अर्ब ८९ करोड ४८ लाखको बजेट आएको थियो।
असार १०, २०८२ मंगलबार २१:५८:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।