खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकृत, यथास्थितिमा पास भयो बजेट

खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकृत, यथास्थितिमा पास भयो बजेट

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले सांसदहरूले पेश गरेका खर्च कटौतीका २३ वटा प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको छ।

बैठकमा सांसद डा. अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्ति बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङ ल्हामु लामा (तामाङ), गङ्गा कार्की र लेखनाथ दाहालले सरकारको खर्च कटौती गर्न राखेका प्रस्तावहरू बैठकमा बहुमतले अस्वीकृत गरिएका हुन्।

यी प्रस्तावहरू विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको खर्चमा कटौती गर्ने उद्देश्यले पेश गरिएका थिए। तर, बैठकले ती सबै प्रस्तावलाई अस्वीकृत गर्दै सरकारले पेस गरेको विधेयकलाई यथास्थितिमा पास।

असार १०, २०८२ मंगलबार १९:३२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।