नेपाल-इटाली वाणिज्य तथा उद्योग संघद्वारा इटालीका मानार्थ वाणिज्यदूत पाओलो नुगारीको स्वागत

काठमाडौं : नेपाल-इटाली वाणिज्य तथा उद्योग संघले काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गर्दै इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत ओलो नुगारीलाई स्वागत गरेको छ।
कार्यक्रमको उद्देश्य नेपाल-इटालीबीचको द्विपक्षीय व्यापारिक सम्बन्धलाई थप सुदृढ पार्ने र आर्थिक सहकार्यका सम्भावनाहरूको खोजी गर्ने रहेको थियो।
संघका अध्यक्ष संजय अग्रवालले दूत नुगारीले नेपाल-इटाली सम्बन्ध सुदृढ पार्न पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै व्यापारिक हित प्रवर्द्धनमा संघको दृढ प्रतिबद्धता दोहोर्याए।
कार्यक्रममा नेपालका लागि इटालीकी मानार्थ वाणिज्यदूत प्रतिमा पाण्डे र संघका बोर्ड सदस्यहरू समेत सहभागी थिए।
नुगारीले आफ्नो मन्तव्यमा दीर्घकालीन प्रगतिका लागि दिगो सहकार्य, सांस्कृतिक आदान-प्रदान र निजी क्षेत्रको सक्रिय संलग्नता अपरिहार्य रहेकोमा जोड दिए।
नेपाल-इटाली वाणिज्य तथा उद्योग संघले दुई देशबीचको व्यापार, रणनीतिक साझेदारी र द्विपक्षीय संवादलाई निरन्तर प्रवर्द्धन गर्ने अठोट व्यक्त गरेको छ।
असार १०, २०८२ मंगलबार १८:१७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।