नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा इभी सार्वजनिक, ग्राहकको उत्साहजनक सहभागिता

नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा इभी सार्वजनिक, ग्राहकको उत्साहजनक सहभागिता

नेपालगञ्ज : नेपालमा हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले नेपालगञ्जमा नयाँ क्रेटा इभी सार्वजनिक गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

हिम इन्टरकन्टिनेन्टल प्रा. लि. (हुन्डाईको अधिकृत डिलर) को आयोजनामा सुर्खेत रोडस्थित सिद्धार्थ कटेज रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा क्रेटा इभीसहित हुन्डाईका अन्य नयाँ मोडलहरू पनि प्रदर्शनीमा राखिएका थिए।

कम्पनीका अनुसार, यो कार्यक्रममा अहिलेसम्मकै सबैभन्दा उल्लेखनीय सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको हो। ग्राहकले हुन्डाईप्रति देखाएको भरोसा र चासोले नेपालगञ्जमा क्रेटा इभीको एकै स्थानबाट ४ भन्दा बढी युनिटको बुकिङ पक्का गरिएको थियो। कार्यक्रममै चार वटा गाडीको प्रत्यक्ष हस्तान्तरणसमेत गरिएको छ।

नयाँ क्रेटा इभीको आगमनले विद्युतीय सवारीप्रति अन्योलमा रहेका उपभोक्तालाई सहज निर्णय लिन मद्दत गर्ने कम्पनीको विश्वास छ। क्रेटा इभी र पेट्रोल दुवै मोडल एउटै प्लेटफर्ममा निर्माण हुने भएकाले सेवा, पार्ट्स र सपोर्टमा कुनै समस्या नहुने कम्पनीले जनाएको छ।

कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडीबारे विस्तृत जानकारी र परामर्श दिएका थिए।

लक्ष्मी इन्टरकन्टिनेन्टल र हिम इन्टरकन्टिनेन्टलले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै कम्पनीले ‘सफा स्मार्ट भविष्य’ तर्फको यात्रालाई अझ सशक्त बनाउने अठोट व्यक्त गरेको छ।

असार १०, २०८२ मंगलबार १७:५२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।