रास्वपा र रविलाई अन्याय नहोस् भन्नेमा अझै लागिरहेको छु : अध्यक्ष प्रचण्ड

रास्वपा र रविलाई अन्याय नहोस् भन्नेमा अझै लागिरहेको छु : अध्यक्ष प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अध्यक्ष रवि लामिछानेलाई अन्याय नहोस् भन्ने चाहना आफूमा अझै रहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले रास्वपालाई लिएर भइरहेको परिस्थितिमा आफू अन्तिम समयसम्म सकारात्मक प्रयासमा लागेको र हाल पनि त्यसैमा क्रियाशील रहेको बताए।

उनले भने, ‘यसमा म रास्वपालाई धेरै भन्न चाहन्न, तर रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्न हामीले अन्तिम समयसम्म प्रयास गरेका हौं, अझै गरिरहेका छौं। रास्वपाका साथीहरूले एक दिन सबै कुरा बुझ्नुहुनेछ।’ 

त्यस क्रममा प्रचण्डले समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्नेबारे पनि आजको भेटमा छलफल भएको जानकारी दिए।

असार १०, २०८२ मंगलबार १६:४३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।