रास्वपा र राप्रपाले सांसदलाई बन्धक बनाएको एमालेको आरोप

काठमाडौं : सत्तारुढ एमालेका सांसद ठाकुर गैरेले रास्वपा र राप्रपाले सांसदलाई बन्धक बनाएर अराजकतालाई मलजल गरिरहेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै भिजिट भिसा प्रकरणमा सबैको ध्यानाकर्षण भइसकेको बताए।
उनले भने, ‘नेपालीहरू ठगिएको र सास्ती पाएको कुरा आएको छ। यसमा दोषीलाई कारबाही होस् र निर्दोष लाञ्छित हुने अवस्था नआओस् भन्ने चाहन्छौँ।’
गृहमन्त्रीले अख्तियारले गरिरहेको छानबिनलाई कुनै अवरोध नगर्ने गरी सरकारले सघाउने बताएको बताए।
उनले गृहमन्त्रीले भनेको कुरा रास्वपा र राप्रपाले नबुझेको उनको बुझाइ छ। छानबिन समितिले विगतदेखि अहिलेसम्मको समस्याको उजागर गर्ने र समस्याको समाधान गर्ने विश्वास व्यक्त गरे।
असार १०, २०८२ मंगलबार १३:२७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।